× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा आजदेखि चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु

    ३ वर्ष पहिले

    मंसिर-१८, चितवनमा आजदेखि स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गरेका हुन् ।

    प्रचण्डले एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र लाइसेन्सको नवीकरणपत्र वितरण गरेर सेवा सुचारू भएको घोषणा गरिएको हो । अबदेखि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरबाट नवीकरण गर्न सकिने भएको छ ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने प्रतिबद्धता जनाए ।चितवन जिल्लाबाटै सवारीचालक अनुमतिपत्र दिने गरी ट्रायल सेन्टरसहितको यातायात व्यवस्था कार्यालय आवश्यक भएकोले यसको लागि सक्दो पहल गर्ने बताएका हुन्।