× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागमा हल्का वर्षा तथा ती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    मंसिर-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ साथै नेपालको पुर्वी भुभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।