× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी

    ३ वर्ष पहिले

    मंसिर-१९, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएका छन् ।

    साविक अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले अध्यक्ष पदमा जित हासिल गरेका हुन् भने महिलातर्फको महामन्त्रीमा नायिका रेखा थापा हराउँदै कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

    पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसार लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गरेका हुन् ।

    अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकाेमा लिङदेनकाे पक्षमा १८४४ र थापाकाे पक्षमा १६१७ मत आएकाे थियाे । ४३१ मत बदर भएकाे छ ।

    त्यसैगरी घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

    अध्यक्ष पदमा हारेपछि कमल थापाले फेसबुकमा एक पोस्ट लेख्दै हारको लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।