× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४३६

    ३ वर्ष पहिले

    मंसिर-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १८ हजार १ सय ८४ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा २ सय जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ६२ हजार ६ सय ८० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ४२ हजार २ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार १ सय ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ४४ जना रहेको छ।

    २४ घण्टामा ४ सय ३६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६ जना र भेन्टिलेटरमा २८ जनाको उपचार भईरहेको छ ।