× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने

    ३ वर्ष पहिले

    मंसिर-२१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागहरूमा हुस्सु्/कुहिरो लागेको छ।

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।