× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त

    ३ वर्ष पहिले

    मंसिर-२२, भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत सवार भारतीय सेनाकाे हेलिकप्टर तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा दुर्घटनामा परेकाे छ ।

    दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे जनाएकाे छ । जसमा ५ चालकदलका सदस्य रहेका थिए।

    हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

    दुर्घटनाग्रस्त क्षेत्रबाट पाँचजनको शव बरामद भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । रावतलाई गएकाे जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएकाे थियाे ।

    हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।