× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २३६जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०७

    ३ वर्ष पहिले

    मंसिर-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ७ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ८ हजार ५ सय १० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ५८ हजार ९१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ६ सय ६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७७ जना रहेको छ।

    २४ घण्टामा ३ सय ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६ हजार ५ सय ४४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १२ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ ।