× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २८० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३००

    ३ वर्ष पहिले

    मंसिर-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २० हजार ८ सय ८९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार २ सय १२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ४३ हजार ७ सय ९८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ७० हजार ४ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ३ सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ८२ जना रहेको छ।

    २४ घण्टामा ३ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ७ हजार ८ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १२ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।