× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विद्युत प्राधिकरणका आय काउन्टरहरु पुष १ देखि ५ गतेसम्म बन्द हुने

    ३ वर्ष पहिले

    पुष-१, नेपाल विद्युत प्राधिकरणका सबै आय संकलन काउन्टरहरु पुष १ देखि ५ गतेसम्म ५ दिनसम्म बन्द रहने भएका छन्।

    प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नका लागि सबै आय संकलन काउन्टर पुस ५ गतेसम्म बन्द रहने जानकारी गराएको हो।

    विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नुपरेको सूचनामा जानकारी गराइएको छ ।