× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा,४:०० बजे पत्रकार भेटघाट गर्ने

    ३ वर्ष पहिले

    पुष-१, रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेसँगै अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन् ।

    कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै पत्रकार भेटघाटको कार्यक्रम राखेका हुन् ।

    ‘ नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ उनले लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

    महामन्त्रीको प्रारम्भिक मतपरिणामअनुसार उनी अहिले पाँचौं स्थानमा छन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । सोही प्यानलबाट उम्मेदवार बनेका गगन थापा भने फराकिलो मतान्तरका साथ विजयी भएका छन् ।