३ वर्ष पहिले
पुष-३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ५ सय ६२ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ६४ हजार २ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ५ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ७७ हजार ८ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय २८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ५६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ६६ जना रहेको छ।
२४ घण्टामा २ सय ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८ हजार ६ सय ३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६ जना र भेन्टिलेटरमा २४ जनाको उपचार भईरहेको छ ।