३ वर्ष पहिले
पुष-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ८ सय ६९ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ७१ हजार ७ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ४ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ८४ हजार ५ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय ६४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ६१ जना रहेको छ।
२४ घण्टामा २ सय ६३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ९ हजार १ सय ५५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ ।