× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बलत्कार पीडित युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद, क्षमायाचना गरेमा भने कैद बस्नु नपर्ने

    ३ वर्ष पहिले

    पुष-६, जिल्ला अदालत सुर्खेतले जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।

    जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कारपीडित राउटे युवतीको फोटो र नामसहित समाचार प्रकाशित गरेको अभियोगमा उक्त मुद्दाको जाहेरीवालासमेत रहेका पत्रकार यज्ञबहादुर बुढामगरलाई शर्तसहित कैद र जरिवानाको फैसला सुनाएको हो।

    बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु।’

    पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।

    संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।

    सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नुपर्दैन। जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ।

    उनले आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना पनि गरेका छन्।

    गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवतीलाई सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर स्थानीय चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र विनोद पुनले बलात्कार गरेको भिडियो सार्वजनिक भएको थियो।

    जेठ २८ गते जिल्ला न्यायाधीश आचार्यले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रशारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेका थियो।