× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने, कुनै पनि अतिथिलाई आमन्त्रण नगर्ने

    ३ वर्ष पहिले

    पुष-७, नेकपा (माओवादी केन्द्र) को पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने भएका छन् ।

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् ।

    केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् ।

    केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् । महराले मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू हुने बताए ।

    महराले मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू हुने बताए ।

    महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराले बताए । ‘राष्ट्रिय सम्मेलन भएकाले कसैलाई नबोलाउने, ठूलो तामझाम पनि हुँदैन’, उनले भने ।

    त्यसैगरी सो पत्रकार सम्मेलनमा प्रवक्ता महराले प्रथम राष्ट्रिय सम्मेलनको लोगो पनि सार्वजनिक गरेका छन्।

    लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ ।