× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७२

    ३ वर्ष पहिले

    पुष-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ४ सय ३३ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ सय १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ९१ हजार ४ सय ९७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ९३ हजार १ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ८५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय ४८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३७ जना रहेको छ।

    २४ घण्टामा २ सय ७२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ९ हजार ६ सय ५९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९२ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ ।