× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि

    ३ वर्ष पहिले

    पुष-७,नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयको काेराेना सम्बन्धी प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा संगीता काैशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन।

    संक्रमित व्यक्ति घरमै आइसाेलेसनमा रहेकाे र उनीसँग सम्पर्कमा आएकाकाे ‘कन्ट्याक्ट ट्रेसि‌ङ’ भइरहेकाे बताइन् ।

    हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकाेमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकाेमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएकाे हाे ।

    योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो ।