× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १६७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२६

    ३ वर्ष पहिले

    पुष-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २३ हजार १ सय ५३ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार २ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख १३ हजार ३ सय ५० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार १ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख १ हजार १ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३४ जना रहेको छ।

    २४ घण्टामा २ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १० हजार ४ सय ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८१ जना र भेन्टिलेटरमा २२ जनाको उपचार भईरहेको छ ।