× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २१९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २८३

    ३ वर्ष पहिले

    पुष-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ३ सय ७२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ६ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख २० हजार ५ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ३ हजार ७ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय २८ जना रहेको छ।

    २४ घण्टामा २ सय ८३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १० हजार ७ सय ८० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७५ जना र भेन्टिलेटरमा २४ जनाको उपचार भईरहेको छ ।