× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिरिन्जको अभावमा भोलिबाट हुने खोप अभियान स्थगित

    ३ वर्ष पहिले

    पुष-१२, सरकारले भोलि पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभावमा एक साताका लागि स्थगित हुने भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले पनि खोप अभियान हाललाई स्थगित भएको र पुनः शुरू गर्ने मिति केही दिनमै सार्वजनिक गरिने बताउनुभयो ।

    मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो । ती ८ वटा जिल्लाहरूमा उपत्यकासहित वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेका छन् ।

    त्यसै गरी मन्त्रालयले माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । ८ जिल्लाबाहेक प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही र दाङ तथा सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप लगाउने सरकारको तयारी थियो । मन्त्रालयले गत पुस ४ गतेदेखि ७ प्रदेशका ५७ वटा जिल्लामा मोडर्ना खोप लगाउने काम भने जारी राखेको छ ।