× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली महिला टोलीलाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

    ३ वर्ष पहिले

    पुष-१३, नेपाली महिला टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ।

    बंगलादेशमा जारी दोस्रो एसियन सिनियर सेन्ट्रल जोन भलिबलको महिला तर्फको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक च्याम्पियन बनेको हो ।

    बंगलादेशको राजधानी ढाकामा स्थित मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पुर्‍यायो ।

    अत्यन्त प्रतिस्पर्धात्मक खेलको पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।