३ वर्ष पहिले
पुष-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ९ सय ७ जना पुगेको छ ।
२४ घण्टामा ८ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ३८ हजार २ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ४ हजार ३० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ९ हजार ५ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ६५ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ४५ जना रहेको छ।
२४ घण्टामा २ सय ६० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ११ हजार २ सय ६५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८४ जना र भेन्टिलेटरमा २२ जनाको उपचार भईरहेको छ ।