× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भेरी अस्पतालको क्वाटरमा आगो ताप्दा ४ जनाको मृत्यु

    ३ वर्ष पहिले

    पुष-१५, नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

    तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।

    घाइते भएकी धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ।