× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २३५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१२

    ३ वर्ष पहिले

    पुष-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ३ सय ८४ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ८५ जनाको पिसिआर परीक्षण गर्दा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ५९ हजार ४ सय ५५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख १३ हजार ९ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ५१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय २८ जना रहेको छ।

    २४ घण्टामा २ सय १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ११ हजार ९ सय ५८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८९ जना र भेन्टिलेटरमा २४ जनाको उपचार भईरहेको छ ।