× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज राष्ट्रिय टोपी दिवस मनाइँदै

    ३ वर्ष पहिले

    पुष-१७, आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

    शताब्दीऔं देखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

    सन् २०१४ जनवरी १ देखि संसारभर ‘मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान’ भन्ने नारासहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

    विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

    नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।