× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तमु ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम

    ३ वर्ष पहिले

    पुष-१८, तमु ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको आँबुखैरेनी पुलजिपमा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    पुलजिप युवा क्लब द्वारा आयोजित सांस्कृतिक कार्यक्रम क्लबका अध्यक्ष बिजय गुरुङ्गको सभापतित्व तथा आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर ब. थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

    सो कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्ग , आबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुस्पादेबि श्रेष्ठ , ईच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठ , बिष्णु ब. पन्त र आबुँखैरेनी गाउँपालिकाका ०४ का वडा अध्यक्ष नेत्र ब. गुरुङ्ग उपस्थित हुनुभएको थियो ।

    त्यस्तै अन्य अतिथिहरुमा नेपाली काङ्ग्रेस तनहुँका नेता चिजा श्रेष्ठ, ईच्छाकामना ०५ का वडा अध्यक्ष मोदराज सिलवाल , ईच्छाकामना गाउँपालिका प्रबक्ता साबित्रि गुरुङ्ग ,ई .प्र.का. आबुखैरेनी प्र.नि. निरोज दाकी , ई.प्र.का. मुग्लिङ्गका प्र.नि. सुर्य ब. राना मगर लगायत उपस्थित भएको थियो।

    कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक पृथ्वी गुरुङ्ग , चन्द्र परियार र गोविन्द बाबू रिजाल लगायत पुलजिप युवा क्लब , जम्मादेवि युवा क्लब , नवज्योति युवा क्लब खानीखोलाका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो।कार्यक्रम क्लबका सचिव जय ब. गुरुङ्गले सञ्चालन गर्नुभएको थियो।