× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलायो

    ३ वर्ष पहिले

    पुष-१८, धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

    धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा सो पार्टीका ५ जना कार्यकर्ताहरु घाइते भएका छन् ।

    घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ भने ३ जनाको खुट्टा चोट लागेको जनाइएको छ । टाउकोमा गम्भिर चोट लागेकाहरुको अवस्था गम्भिर रहेको छ ।

    त्यसैगरी सो घटनामा परि दुई प्रहरी घाइते भएका छन्।घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको छ।