३ वर्ष पहिले
पुष-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ९ सय ६२ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार ९ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ७० हजार ३ सय २४ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ६ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ३१ हजार ६ सय १९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय २४ जना रहेको छ।
२४ घण्टामा २ सय ९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १२ हजार ४ सय १९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८३ जना र भेन्टिलेटरमा १९ जनाको उपचार भईरहेको छ ।