× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५५

    ३ वर्ष पहिले

    पुष-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २६ हजार २ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ८० हजार २४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ३४ हजार ४ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ५२ जना रहेको छ।

    २४ घण्टामा २ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८९ जना र भेन्टिलेटरमा २१ जनाको उपचार भईरहेको छ ।