× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तराईमा हुस्सु/कुहिरो र केही प्रदेशमा आँशिक बदली रहने

    ३ वर्ष पहिले

    पुष-२०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण तराईमा हुस्सु/कुहिरो र केही प्रदेशमा आँशिक देखि सामान्य बदली रहने जनाएको छ।

    आज दिउँसो सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।

    त्यसैगरी राती सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।