× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

    ३ वर्ष पहिले

    पुष-२०, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    उनले आफूलाई सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न र कोभिड परीक्षण गराउन आग्रह गरेका छन् ।

    मुख्यमन्त्री केजरीवाल पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा हुन गइरहेको विधानसभा चुनावको प्रचारप्रसार कार्यक्रममा सहभागी हुँदै आएका थिए ।आइतबार उनी उत्तर प्रदेशमा आयोजित एक सभामा सहभागी भएका थिए ।