× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशकाे अधिकंश भू-भागमा आंशिक देखि सामान्य बदली रही केही प्रदेशको पहाडी भु-भागमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    पुष-२१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका अधिकंश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी राती देशभर सामान्य बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।