× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन लगायतका १६ जिल्लाको कांग्रेस अधिवेशन फेरि सर्‍यो

    ३ वर्ष पहिले

    पुष-२१, नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका चितवन लगायतका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।

    यसअघि अधिवेशन हुन नसकेका चितवन सहितका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको भएपनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको बैठकले मिति परिवर्तन गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।