× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्व नं १ टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियाको भिसा रद्द

    ३ वर्ष पहिले

    पुष-२२,विश्व नं १ टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलिया सरकारले भिसा रद्द गरेको छ।

    अष्ट्रेलियाको मेलबर्न सहरमा जनवरी १७ बाट सुरु अष्ट्रेलियन ओपन खेल्न मेलबर्न गएका जोकोभिचलाई अष्ट्रेलियन सरकारले एयरपोर्टमा नै रोकेर भिसा रद्द भएको जानकारी दिएका हुन्।

    कोभिड त्रासका कारण भ्याक्सिन नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन खेल्न नपाउने बताइएको थियो । तर नौ पटकका अष्ट्रेलियन ओपन विजेता जोकोभिचलाई भने आयोजकले अष्ट्रेलियन ओपन खेल्ने अनुमति दिएको थियो ।

    उपाधि रक्षा गर्ने अभियानमा रहेका साविक विजेता जोकोभिचले कोभिडको नियमविरुद्ध अष्ट्रेलियन ओपन खेल्न गएका थिए। भिसा रद्द सँगै अष्ट्रेलियन ओपन खेल्नेमा शंका व्यक्त भएको छ।

    जोकोभिचका वकिल सो निर्णयका लागि अपिल दायर गरेका छन्।तर अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले नियम र कानून भन्दा माथि कोही पनि नरहने स्पष्ट जवाफ दिएका छन्।

    त्यसैगरी सर्वियाको राष्ट्रपतिले जोकोभिच अष्ट्रेलिया सरकारको उत्पिडनमा परेको र सम्पुर्ण सर्विया उनको साथमा रहेको जनाएको छ।