× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सबै प्रदेशमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    पुष-२३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशभरी आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरुमा हल्का वर्षा तथा हिमपात भएको छ।

    आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन समेत अनुरोध गरेको छ।