× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

    ३ वर्ष पहिले

    पुष-२५, गत साता देखि तिव्र रुपमा कोभिड-१९ को संक्रमितको संख्यामा तीव्र वृद्धि एवं कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) पुष्टिसँगै आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय सिफारिस भएको छ।

    कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न सिफारिस गरेको हो।

    अत्यावश्यक कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले सिफारिस गरेको छ।

    सीसीएमसीले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिस गरेको छ।

    सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि ) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै अनुमति दिने व्यवस्था गर्न पनि सीसीएमसीले सिफारिस गरेको छ। माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।