× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन महोत्सव दुई दिन मात्र चल्ने, अन्य मेला महोत्सव बन्द

    ३ वर्ष पहिले

    पुष-२६, जिल्ला प्रशासन कार्यालयले चितवनमा सुरु भइसकेका चितवन महोत्सवलाई दुई दिन समय दिएर बाँकी आयोजनाको तयारीमा रहेका अन्य मेला, महोत्सव बन्द गर्ने निर्णय गरेको छ।

    आज (सोमबार) जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समय दिएर र बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

    चितवनकै सबैभन्दा ठूला चितवन महोत्सव आइतबारबाट सुरु भइसकेको छ । रत्ननगर महोत्सव भोलि मंगलबार बाट सुरु हुने तयारी छ भने पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सवको तयारी चलिरहेको छ ।

    पछिल्लो समय चितवनमा पनि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्ममा चितवनमा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ भने ७५ जना होम आइसोलेशनमा छन् ।