× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देशभर आंशिक बदली रही केही प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    पुष-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ।

    आज दिउँसो देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।