× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४४४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३१३

    ३ वर्ष पहिले

    पुष-२७, नेपालमा कोरोना संक्रमितको संख्यामा पुन तीव्र रुपमा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३३ हजार ७ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ४८ हजार २ सय ३७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ३ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ६५ हजार २ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ५२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ८ सय ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ५५ जना रहेको छ।

    २४ घण्टामा ३ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९३ जना र भेन्टिलेटरमा १९ जनाको उपचार भईरहेको छ।