× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३०७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७८

    ३ वर्ष पहिले

    पुष-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३६ हजार ८ सय ६९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ५१ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ५७ हजार २ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ९ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ६९ हजार २ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ८ सय १० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ८० जना रहेको छ।

    २४ घण्टामा २ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १५ हजार ७६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८७ जना र भेन्टिलेटरमा २२ जनाको उपचार भईरहेको छ।