× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कोरोनोको सक्रिय संक्रमितको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ९४ जना थपिए

    ३ वर्ष पहिले

    पुष-२९, चितवनमा कोरोनो(कोभिड-१९)को सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ९४ जना सक्रिय संक्रमित थपिएका छन्।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४०८ जनाको पिसिआर परीक्षण गर्दा ८४ जना र ४३ जनाको एन्टिजेन परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको छ।

    जसमध्ये भरतपुर महानगरपालिकाको ८०, खैरहनी नगरपालिकाको ६ , माडी नगरपालिकाको २, रत्ननगर नगरपालिकाको ४ र राप्ती नगरपालिकाको २ गरी जम्मा ९४ जनामा कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या जम्मा ३२७ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाको २ सय ६५ , खैरहनी नगरपालिकाको १३ , माडी नगरपालिकाको ६, रत्ननगर नगरपालिकाको १९, राप्ती नगरपालिकाको ११ , कालिका नगरपालिकाको ९ र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।

    चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या २७५४३ पुगेको छ जसमध्य ४३७ जनाको मृत्यु भएको छ भने २६७७९ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमित मध्ये विभिन्न अस्पतालको आइसोलेसनमा ८ र घरको आइसोलेसनमा ३१९ जना रहेका छन्।