× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मु–ना सडक खण्डको ३ नं. पुलबाट स्कारपियो खस्दा ७ घाइते ।

    ३ वर्ष पहिले

    पौष ३०, चितवन
    मुग्लिन–नारायणगढ सडक खण्डमा आज बेलुकी स्कारपियो दुर्घटना भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा १३ च ४३६५ नम्बरको स्कारपियो चितवनको इच्छाकामना गाउपालिका वडा नं. ५ स्थित तुइन खोला पुलबाट तल खसेर दुर्घटना हुदा ७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले जनाएको छ । दुर्घटनाको खबर पाउनु वित्तिकै उद्धारको लागि स्थानीय र सशस्त्रको टोली सहित घाइतेहरुको उद्धारको लागि गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरले जानकारी दिनुहुदै घाइेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरिक्षक मगरले हाइवे समाचारलाई जानकारी दिएका छन् ।