× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोरोनाको रेडजोनमा परेको चितवनमा पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित थपिए

    ३ वर्ष पहिले

    माघ-२, कोरोनाको रेडजोनमा परेको चितवनमा पछिल्लो २४ घण्टामा ५४ जना सक्रिय संक्रमित थपिएका छन् भने ५ जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा २ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको छन् भने एन्टिजेन परिक्षण शुन्य रहेको छ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ४२, खैरहनी नगरपालिकाको १ , रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको १, र कालिका नगरपालिकाको ३ जम्मा ५४ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ६ सय ४४ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ५ सय ३२, खैरहनी नगरपालिकाको २३ , माडी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको ४०, राप्ती नगरपालिकाको १३ , कालिका नगरपालिकाको १५ र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये १८ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ६ सय २६ जना घरको आइसोलेसनमा रहेका छन्।