× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन प्रशासन कार्यालयद्वारा २४ बुँदे आदेश जारी

    ३ वर्ष पहिले

    माघ-४, जिल्ला प्रशासन कार्यलय चितवनले माघ ४ बिहान देखि लागू हुने गरी थप आदेश जारी गरेको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण निषेधाज्ञाको निर्णय गरेको छ ।

    गृह मन्त्रालयको निर्देशन र कोभिड १९ व्यवस्थापन केन्द्र चितवनको बैठकले तत्कालै लागू हुनेगरी विभिन्न व्यवसायमा पूर्ण बन्देज गरेको छ । माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर लगायत व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ ।

    प्रशासनले शैक्षिक संस्थाहरु, सभा सम्मलेन, गोष्ठी, सेमिनार, तालिम, महोत्सव र धार्मिक क्रियाकलाप समेत रोक्न भनेको छ । खेलकुद भने दर्शक नराख्न र पूर्व निर्धारित खेलमा खोप कार्ड भएका दर्शकलाई मात्रै प्रवेश गराउने निर्णय गरेको छ । दर्शक क्षमताको एक तिहाई मात्रै राख्न पाईने भएको छ ।

    होटल तथा रेस्टुरेन्टहरुमा खोप कार्ड भएकाहरुलाई मात्र प्रवेश दिन भनिएको छ भने डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरु संचालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । विवाह, ब्रतबन्ध, पूजापाठ जस्ता कार्यहरुमा पनि ५० जनासम्म सहभागी हुन पाइने छ ।जसको लागि जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएको हुनुपर्ने छ।

    सार्वजनिक गाडीहरुमा यात्रा गर्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सीट क्षमता भन्दा बढी यात्रु बोक्न नपाईने, हवाई जहाजको यात्रा गर्दा खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

    मठ, मन्दिर, गुम्बा चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गरि २०७८ माघ मसान्तसम्म नित्य पुजा, ध्यान र प्रार्थना गर्न गराउन पाउने छन्।नियम पालना नगरे कानुन अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

    आदेशको पुर्णपाठ