× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ११२७

    ३ वर्ष पहिले

    माघ-४, चितवनमा कोरोना संक्रमितको संख्या मा दिनप्रतिदिन बढ्दै गईरहेको छ। पछिल्लो २४ घण्टामा २ सय ४६ जना सक्रिय संक्रमित थपिएका छन् भने ६ जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८ जना र १ सय ३० जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको २ सय १८, खैरहनी नगरपालिकाको ५ , माडी नगरपालिकाको १, रत्ननगर नगरपालिकाको १२ , राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ५ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय २७ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ९ सय २८, खैरहनी नगरपालिकाको ३६ , माडी नगरपालिकाको १५, रत्ननगर नगरपालिकाको ८२, राप्ती नगरपालिकाको ३१ , कालिका नगरपालिकाको २२ र ईच्छाकामना गाउँपालिकाको १३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४० जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ हजार ८६ जना घरको आइसोलेसनमा रहेका छन्।