× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एकै दिन १०२५८ संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या ३९०४४ पुग्यो

    ३ वर्ष पहिले

    माघ-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ७२ हजार १ सय ९८ जना पुगेको छ ।

    २४ घण्टामा १७ हजार ८ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ७ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख ३६ हजार १ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ९ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ९६ हजार २ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३७ हजार ८ सय २६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय १८ जना रहेको छ।

    २४ घण्टामा ५ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.०९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५१ जना र भेन्टिलेटरमा २८ जनाको उपचार भईरहेको छ।