× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ११३५२ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४७९२९ पुग्यो

    ३ वर्ष पहिले

    माघ-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार ५ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ७८ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ५ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख ५४ हजार १ सय ९८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ५ हजार ३ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ८ सय ५० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख १ हजार ३ सय ३३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४६ हजार ५ सय १५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय १४ जना रहेको छ।

    २४ घण्टामा ६ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १८ हजार १ सय ६० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.१८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६९ जना र भेन्टिलेटरमा २८ जनाको उपचार भईरहेको छ।