× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नागढुङ्गा सडक स्तरोन्ततिको लागि आजबाट कटान गर्नुपर्ने रुखको मार्किङ गरिदै ।

    ३ वर्ष पहिले


    माघ ५, मुग्लिन
    मुग्लिन–नागढुङ्गा सडक स्तरोन्तिको लागि कटान गर्नुपर्ने रुखको मार्किङ्ग कार्य आजबाट शुरु भएको छ ।

    सडक देखि १५ मिटर दायाबाया रहेका रुखहरुको मार्किङ्ग गरि रुख कटान गरिने वन कार्यालय मुग्लिनका रेञ्जर जगदिप गौतम जनाएका छन् ।

    राजधानि भित्रने मुख्य राजमार्ग मुग्लिन–नागढुंगा सडक पनि मुग्लिन नारायणगढको जस्तै बनाउन विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो ।

    सरकारले करिब १९ अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गर्न लागिएको उक्त सडक विस्तार पछि बजार क्षेत्र ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा–नौविसे खण्ड ३ लेनको हुने योजनाका प्रमुख किरण कार्कीले जनाएका छन् ।

    सडक स्तरोन्नतिको क्रममा सडक मापदण्डमा पर्ने घरटहराको लगत लिई घरटहरा हटाउने कार्यसमेत अघि बढाउने आयोजनाका सोसियल मोभिलाईजर प्रमोद पोखरेलले जनाएका छन् ।