× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा एकैदिन ४८८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २३५९

    ३ वर्ष पहिले

    माघ-७, चितवनमा कोरोना संक्रमितको संख्यामा तिव्र गतिमा बढ्दै गईरहेको छ। पछिल्लो २४ घण्टामा ४ सय ८८ जना सक्रिय संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ७ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९३ र १ सय ७३ जनाको एन्टिजेन परिक्षण गर्दा ९५ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको ३ सय ७४, खैरहनी नगरपालिकाको ११ , माडी नगरपालिकाको २०, रत्ननगर नगरपालिकाको ५४ , राप्ती नगरपालिकाको १८, कालिका नगरपालिकाको ५ र ईच्छाकामना गाउँपालिकाको ६ जना गरी जम्मा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ३सय ५९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार ८ सय ७१, खैरहनी नगरपालिकाको ८७ , माडी नगरपालिकाको ६४, रत्ननगर नगरपालिकाको १ सय ८४, राप्ती नगरपालिकाको ७०, कालिका नगरपालिकाको ३३ र ईच्छाकामना गाउँपालिकाको ५० जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार ३ सय १३ जना घरको आइसोलेसनमा रहेका छन्।