× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा एकैदिन ४०८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २७३७

    ३ वर्ष पहिले

    माघ-८, चितवनमा पछिल्लो २४ घण्टामा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् भने २९ जना निको भएका छन्।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९९ र १ सय ८६ जनाको एन्टिजेन परिक्षण गर्दा १ सय ९ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको ३ सय ५३, खैरहनी नगरपालिकाको १४ , माडी नगरपालिकाको ११, रत्ननगर नगरपालिकाको १२ , राप्ती नगरपालिकाको ११, कालिका नगरपालिकाको ७ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ३७ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार १ सय ५७, खैरहनी नगरपालिकाको ९९ , माडी नगरपालिकाको ७५, रत्ननगर नगरपालिकाको १ सय ९६, राप्ती नगरपालिकाको ८१, कालिका नगरपालिकाको ४० र ईच्छाकामना गाउँपालिकाको ५० जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४७ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार ६ सय ८९ जना घरको आइसोलेसनमा रहेका छन्।