३ वर्ष पहिले
माघ-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख १६ हजार ८ सय ४५ जना पुगेको छ ।
२४ घण्टामा १४ हजार ४ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ८ हजार २ सय ८५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ५ हजार ७ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख १८ हजार २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७१ हजार २ सय ६१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय १ जना रहेको छ।
२४ घण्टामा ७ सय ८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.६६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय १० जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भईरहेको छ।